५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजवादी प्रेस सङ्गठनको प्रदेश भेला स्थगित

११ माघ २०७८, मंगलवार ०५:५६

माघ ११, काठमाडौँ | समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।

आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको तिथिमिति तय भएको थियो । राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ । मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ । देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि पठाइने छ । त्यसको विस्तृत  छलफल  तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदामा समावेश गरिने छ ।

सङ्गठनका महासचिव भुपराज खडकाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधान निर्माण कार्य गरिरहेको छ । सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ । सम्मेलन तयारी समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने