भदौ ११, धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

प्रहरीको कडा सुरक्षा घेरामा टिकट बिक्री

११ भाद्र २०७३, शनिबार ०७:३०

भदौ ११, धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । 

कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नुपरेको बडिमालिका यातायात व्यवसायी समितिका पदाधिकारीले बताएका छन् । 

सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि विवाद रहेको छ । 

विवादकैबीच गन्तव्यमा गइरहेका बडिमालिका यातायातका बसमा सुदूरपश्चिम यातायात पक्षधरबाट बाधा अवरोध पु¥याउँदै तोडफोड हुन थालेपछि टिकट बिक्रीमा समेत प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको हो । 

विवादका कारण बसमा पुनः तोडफोड हुनसक्ने देखिएपछि दुई हप्तादेखि प्रहरीको सुरक्षा घेरामा राखेर बडिमालिका बस गन्तव्यतर्फ पठाउन थालिएको छ । तीन हप्ताअघि यहाँ दुई पक्षबीच झडपका साथै बसमा तोडफोड भएको थियो । सुदूरपश्चिम यातायात व्यवसायी समितिले आलोपालो लगाउन खोजेको आरोप लाग्दै आएको छ । 

बडिमालिका यातायातले प्रालिमा दर्ता भए अनुसारको ‘रुट परमिट‘ नलिइ बस सेवा सञ्चालन गरेको आरोप अर्को पक्षले लगाएको छ । 

यद्यपि बडिमालिका यातायात व्यवसायी समितिका महासचिव दिबहादुर खलौलाले आफूहरुले नियममानुसार बससेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्षधरको ‘सिन्डिकेटका’ कारण बाधा अवरोध पु¥याइएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित