भदौ ११, प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् । 

खवाङ-६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् । 

खवाङ-६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भत्ता नदिएको झोंकमा प्युठानमा सामाजिक परिचालकमाथि निर्घात कुटपिट

११ भाद्र २०७३, शनिबार ११:०९

भदौ ११, प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् । 

खवाङ-६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटपछि सामाजिक परिचालक खत्री उपचारसँगै सुरक्षाको माग गर्दै इप्रका बहानेमा आएका छन् । 

वडा नागरिक मञ्चको पुनः गठनका लागि शुक्रवार भएको संयुक्त भेलामै संयोजक बुढाले सो भत्ता आफूलाई नदिएको भन्दै खत्रीलाई कुटपिट गरेका हुन् । 

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) अन्तर्गत जिविसले सबै गाविसमा प्रतिवडा रु छ हजारका दरले वडा नागरिक मञ्च व्यवस्थापनका लागि भत्ता दिँदै आएको छ। सोही भत्ता वडा नागरिक मञ्चका संयोजकले आफू पाउनुपर्ने दाबी गर्दै आएका थिए । तर जिविस तथा गाविसले भत्ता संयोजकका लागि नभइ फोटोकपी, बैठक व्यवस्थापन र खाजाका लागि भएको भन्दै सोहि अनुसार खर्च गर्न निर्देशन दिएको थियो । 

वडा नागरिक मञ्चका संयोजकबाटै सामाजिक परिचालक कुटपिट भएपछि गाविसका अन्य कर्मचारिले पनि आफूहरुले गाविसमा बसेर काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेका छन् । 

वडा नागरिक मञ्चका संयोजक बुढाले वडा नागरिक मञ्चको व्यवस्थापनका लागि भत्ता बर्सेनि खर्च नहुने तर सामाजिक परिचालकले आफैं राख्ने गरेको आरोप लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव