२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्थ अभावमा पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली

२०७८, २७ फाल्गुन शुक्रबार ०६:४८

फागुन २७, सिमकोट । हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहनुभएको छ । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् ।

पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहुँदा घरमै रोग पालिरहनुभएको छ । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आउनुभएको छ । गत जेठमा रु ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुग्नुभयो । अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । चौध दिन अस्पताल बसेर धामीले उपचार गर्नुभएको थियो । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताउनुभयो ।

होइजालीले औषधि खाएर सक्नुभएको छ, तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको मैला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले बताउनुभयो । अर्थावस्था निकै कमजोर रहेको उहाँको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताउनुभयो । तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीले बताउनुभयो । 

श्रीमान् दलसुर धामीले श्रीमतीको उपचारका लागि घरमा भएको भैँसी यसअघि नै बिक्री गरेर उपचार गर्नुभयो । तर अहिले बिक्री गर्नलाई सम्पत्तिसमेत नहुँदा श्रीमतीको उपचार गर्न नसकेको दुःखेसो पोख्नुभयो । सुरुसुरुमा होइजालीले आफ्नो समस्या लुकाउनुभएको थियो, अहिले धेरै अफ्ठ्यारो भएपछि मात्र उहाँले समस्या भएको बाहिर ल्याउनुभएको हो ।

होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्याले बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन् । अफ्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।

यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अ‍ेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवृत्तिले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताउनुभयो । दुर्गमका महिलाहरू अझै पनि वर्षौँदेखि रोग लुकाएर बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु