११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध

२ चैत्र २०७८, बुधबार १०:४७

चैत २, कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीपर्वमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने क्रियाकलाप नगर्न सचेत गराएको हो । सुर्खेत लगायतका पहाडी जिल्लामा बिहीबार होली मनाइँदैछ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फागू पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो । 

“होली (फागू पर्व) मा गर्न नपाइने क्रियाकलापबारे सचेत गराएका छौं,” उहाँले भन्नुभयो,“अटेर गरी कानुनले बन्देज गरेका गतिविधि भएको पाइएमा कारबाही गर्न बाध्य हुनेछौँ ।” प्रशासनले होली मनाउने क्रममा इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटोमा ढुकेर फोहर पानी, रासायनिक पदार्थ छ्याप्ने, बाटो अवरुद्ध हुने गरी सवारीसाधनबाट रकम असुल्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी