२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाह प्रकरण : पीडितको पक्षबाट नौ जनाले गरे बहस

९ चैत्र २०७८, बुधबार १४:१७

चैत ९, काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा पल शाहविरुद्ध परेको मुद्दामा जाहेरवालाको पक्षबाट नौ जनाले बहस गरेका छन् । बुधबारदेखि तनहुँ जिल्ला  अदालतमा न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा जोहरवालाको पक्षमा दुई सरकारी वकिलसहित नौ जनाले बहस गरेका हुन् ।

जिल्ला अदालत तनहुँले बुधबार नै प्रतिवादीको बयान सकाएर बहस सुरु गरेको हो । अदालतमा मंगलबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि मंगलबार नै पलसँग बयान लिइएको छ । घटनामा मतियारको रुपमा पेस भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए । ‘जाहेरवाला पक्षका नौ जनाको बहस सकियो । प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरेका छन्’, तिम्लिसिनाले भने ।  

जाहेरवालाका तर्फबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरे ।  

उनका अनुसार प्रतिवादीका तर्फबाट ११ जनाले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन् ।  प्रतिवादीतर्फबाट अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले बुधबार बहस गरे ।  वाग्लेको बहस बिहीबार पनि निरन्तर हुनेछ । प्रतिवादीतर्फबाट तनहुँकै कानुन व्यवसायी यदु खनाल, यज्ञ राना लगायतले विहीबार बहस गर्दैछन् । 

वाँकी बहस बिहीबार सुरुमै हुनेछ । बहस सकिएर बिहीबार थुनछेक आदेश आउन सक्ने तिम्लिसिनाले बताए । ‘बिहीबार नै बहस सकिएर आदेश आउन पनि सक्छ । नआउन पनि सक्छ ।  शुक्रबारसम्म पक्कै एउटा आदेश आउने सम्भावना छ’, उनले भने । वकालतनामा दर्ता गराएर जाहेरवाला र प्रतिवादको पक्षमा बहस गर्नेको संख्या बढ्न सक्ने भएकाले बहसको समय लम्बिन सक्ने तिम्लिसिनाले बताए । उनका अनुसार बुधबार विहानसम्म दुवै पक्षका ६/६ जनाले वकालतनामा दर्ता गराएकोमा त्यो संख्या बढ्यो । 

बहस सकिएपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ । थुनछेक आदेशमा प्रतिववादीलाई  पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरैबाट मुद्दा लड्न पाउने भन्ने तय हुनेछ । 

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले पलविरुद्ध मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । 

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ ।

पलले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी तनहुँ ११ फागुनमा परेको थियो । त्यसको चार दिन पछि पल तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गर्न पुगेका थिए ।

नवलपुर जिल्ला अदालतमा पनि गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्रदायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो