कविता उपाध्याय,  भदौ १३, रोल्पा । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय,  भदौ १३, रोल्पा । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह "/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

छोराको आशमा १२ सन्तानलाई जन्म दिइन रोल्पाकी गौसरीले

२०७३, १३ भाद्र सोमबार ११:२५

कविता उपाध्याय,  भदौ १३, रोल्पा । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह भएको थियो । 

विबाह भएको एक वर्षपछि पहिलो छोरीको जन्म दिनुभएकी वलीका क्रमशः एक, साढे एक तथा दुई वर्षको अन्तरमा १२ सन्तान पुगे । सामान्य बिरामी परेका कारण उनका एक छोरा र दुई छोरीको सानैमा मृत्यु भइसकेको छ । “ एउटी छोरी पनि आगोमा परेर अपाङ्ग बनेकी छे हिँड्डुल गर्न सक्दिन । सरकारले अपाङ्गलाई सहयोग गर्छ भन्ने सुनेकी छु तर हाम्रा लागि बोलिदिने कोही छैन”, उहाँले भन्नुभयो । 

हाल उहाँको नौवटी छोरी छन् । तीमध्ये जेठी छोरीको तीन वर्ष पहिले विवाह भइसकेको छ भने अरू सबैसँगै छन् । अशिक्षा र चेतनाको अभावमा जीवन चलाउँदै आएकी वलीले पहिलोपटक गर्भधारण गरेदेखि एकपटक पनि अस्पताल नपुगेको बताउनुभयो । 

“लाज लाग्छ त्यसैले सुत्केरी हुन अस्पताल गइन । फेरि कसैले अस्पताल जानुपर्छ भनेर सल्लाह पनि दिएनन् । अस्पतालमा बच्चा पाउनेलाई पैसा दिन्छ रे भनेको त सुनेकी छु ”, उहाँले भन्नुभयो– “छोराको आशमा छोरीले घर भरियो । यौटा छोरो जन्मिएको थियो त्यही मात्र बाँचेको भए पनि छोराको इच्छा पूरा हुने थियो तर भाग्यमा नभएपछि यस्तै हुँदो रैछ” उहाँले छोरा नहुनुमा भाग्यलाई नै दोष दिनुहुन्छ । छोरीमात्र भएकै कारण आफूले समाजबाट धेरै कष्ट सहेको हुँदा छोरा जन्माउने वलीको सपना अझै पूरा हुन सकेको छैन । 

“हाम्रो समाजमा बाँचे पाल्न, मरे फाल्न छोरा नै चाहिन्छ । फेरि छोरा नहुनेको गैरी जान्छ भन्छन् । त्यसैले छोराको आशै आशमा मेसिले जस्तै बच्चा पाइरहेँ”, धेरै छोरी पाउनु रहरभन्दा पनि बाध्यता भएको उहाँले बताउनुभयो । 

“वलीजस्तै छोराको आशमा छोरी जन्माउने कयौँ महिला जिल्लामा हिंसाको सिकार बनिरहेका छन् । पितृसत्तात्मक सोच र चिन्तन बोकेको हाम्रो समाज परिवर्तनका लागि महिला हिंसा तथा लैङ्गिक विभेदका चर्का चर्का नारा र भाषण मात्र होइन यथार्थतामा परिवर्तन गर्ने हातको खाँचो छ”, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य भन्नुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन