भदौ १६, दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको श"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले चार घर बगाउँदा दुईको मृत्यु, पाँच वेपत्ता

१६ भाद्र २०७३, बिहीबार ०५:१०

भदौ १६, दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको छ । भेटिएका एकको शव २० वर्षीय जोतुले तामाङको रहेको र अर्कोको पहिचान नभएको बताइएको छ । पहिरोले स्थानीयवासीको घर बगाउँदा भएका सबै सम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल लामाबगरले बताएको छ । गएराति अविरल परेको वर्षाका कारण करिब १०/११ बजे पहिरो झर्दा स्थानीयवासीलाई उद्धार गर्न समस्या परेको थियो । 

सो पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक चि नामका पनि घाइते अवस्थामा भेटिएको बताइएको छ । उनको खुट्टा भाँचिएको छ भने एक स्थानीयवासीलाई पनि घाइते अवस्थामा प्रहरीले उद्धार गरेको बताएको छ । 

घाइतेलाई उपचार गर्न लैजान हेलिकप्टर मगाइएको र नआउँदा समस्या भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक खेमबहादुर थापामगरले  बताए । अहिले पहिरोका कारण सिङगटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध भएको छ । अर्का घाइते मीनबहादुर ठकुरीलाई एम्बुलेन्समार्फत सदरमुकाम ल्याइँदै गरेको पनि बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव