राम नारायण पंडित/भदौ १६, सिरहा । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ १६, सिरहा । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली ड"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नक्कली डाक्टर प्रहरीको फन्दामा

२०७३, १६ भाद्र बिहीबार ०९:२६

राम नारायण पंडित/भदौ १६, सिरहा । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली डाक्टरलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको जिल्ला मधुवनी र सोनामती पञ्चायत घर भएका रामजी दास रहेको प्रहरीले बताए । 

बिना योग्यताले सर्वसाधारणलाई डाक्टर रहेको भन्दै उनले क्लिनिक सञ्चालन गरि मोटो रकम लिई हाईड्रोसिल, वावासिर, भोकन्दर समेतको उपचार गर्दै आएको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका दाससँग क्लिनिक सञ्चालनको लागि चाहिने कुनै इजाजत पत्र छैन भने उनले कक्षा ६ सम्मको अध्ययन मात्र गरेको भेटिएको छ । 

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनले सञ्चालन गर्दै आएको क्लिनिकबाट औषधि लगायतका सामग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दासको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै