राम नारायण पंडित/भदौ १६, सिरहा । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ १६, सिरहा । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली ड"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नक्कली डाक्टर प्रहरीको फन्दामा

१६ भाद्र २०७३, बिहीबार ०९:२६

राम नारायण पंडित/भदौ १६, सिरहा । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली डाक्टरलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको जिल्ला मधुवनी र सोनामती पञ्चायत घर भएका रामजी दास रहेको प्रहरीले बताए । 

बिना योग्यताले सर्वसाधारणलाई डाक्टर रहेको भन्दै उनले क्लिनिक सञ्चालन गरि मोटो रकम लिई हाईड्रोसिल, वावासिर, भोकन्दर समेतको उपचार गर्दै आएको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका दाससँग क्लिनिक सञ्चालनको लागि चाहिने कुनै इजाजत पत्र छैन भने उनले कक्षा ६ सम्मको अध्ययन मात्र गरेको भेटिएको छ । 

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनले सञ्चालन गर्दै आएको क्लिनिकबाट औषधि लगायतका सामग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दासको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव