भदौ १७, इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । 

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । 

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई न"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य

१७ भाद्र २०७३, शुक्रबार ०६:००

भदौ १७, इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । 

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् । रामको दुवै खुट्टामा गोली लागेको थियो भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ । 

“जनताको न्यायका लागि युद्धमा होमियौँ तर आज आफ्नै शरीरमा भएको गोली पनि निकाल्न नसक्ने स्थितिमा छौँ”, रामले भन्नुभयो – “उपचारका लागि धेरैतिर धायौँ तर उपचार हुन सकेन ।” 

तेजबहादुरलाई शान्तिपुर गाविसको बदमटारमा र रामलाई दोहोरो भिडन्तका क्रममा चारवटा गोली लागेको थियो । “गर्मी र चिसोको समयमा अत्यधिक दुख्छ, खप्नसमेत गाह्रो पर्छ, तेजबहादुरले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “गोली निकाल्न धेरै जटिल र जोखिम व्यहोर्नुपर्छ भनेपछि शरीरमा बोक्न बाध्य छौँ ।” 

तेजबहादुरको खुट्टामा एलएमजीको गोली लागेको बताइएको छ । दुवैले गोली झिक्नका लागि धेरैतिर प्रयास गरे पनि अहिलेसम्म झिक्न सकेका छैनन् । अनि त्यसमाथि पनि झिकेपछि पनि स्वस्थ भइन्छ भन्ने कुनै निश्चित रहेनछ । डाक्टरले नै प्यारालाइसिस र क्यान्सरको सम्भावना हुन्छ भनेपछि गोली निकाल्न नमानेको रामले बताउनुभयो । माओवादी केन्द्रका जिल्ला नेता उहाँहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपनि पनि आफूहरूको उपचारमा सहयोग नभएको गुनासो गर्नुहुन्छ । 

शान्ति स्थापना भएको एक दशक बितिसक्दासमेत सरकारबाट राहत र क्षतिपूर्ति केही नपाएको उहाँहरूको दुःखेसो छ । आफूहरूले अब केही गर्न नसके पनि सरकारले द्वन्द्वपीडित र घाइतेहरूका बालबच्चाको उचित शिक्षादीक्षा, रोजगारीको अवस्था सिर्जना गर्न सकेमा द्वन्द्वमा लागेको घाउमा मलमपट्टी हुने रामले बताउनुभयो । 

सशस्त्र द्वन्द्वका क्रममा इलाममा १९७ जनाको मृत्यु, २९ जना अङ्गभङ्ग भएका, ५८१ जना विस्थापित, ४० वटा गाविस भवनसहित ७८ वटा भौतिक संरचना क्षति, ४३४ जना बालबालिका प्रभावित भएको मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग नेपालले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला