भदौ १७, इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । 

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । 

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई न"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य

२०७३, १७ भाद्र शुक्रबार ०६:००

भदौ १७, इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । 

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् । रामको दुवै खुट्टामा गोली लागेको थियो भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ । 

“जनताको न्यायका लागि युद्धमा होमियौँ तर आज आफ्नै शरीरमा भएको गोली पनि निकाल्न नसक्ने स्थितिमा छौँ”, रामले भन्नुभयो – “उपचारका लागि धेरैतिर धायौँ तर उपचार हुन सकेन ।” 

तेजबहादुरलाई शान्तिपुर गाविसको बदमटारमा र रामलाई दोहोरो भिडन्तका क्रममा चारवटा गोली लागेको थियो । “गर्मी र चिसोको समयमा अत्यधिक दुख्छ, खप्नसमेत गाह्रो पर्छ, तेजबहादुरले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “गोली निकाल्न धेरै जटिल र जोखिम व्यहोर्नुपर्छ भनेपछि शरीरमा बोक्न बाध्य छौँ ।” 

तेजबहादुरको खुट्टामा एलएमजीको गोली लागेको बताइएको छ । दुवैले गोली झिक्नका लागि धेरैतिर प्रयास गरे पनि अहिलेसम्म झिक्न सकेका छैनन् । अनि त्यसमाथि पनि झिकेपछि पनि स्वस्थ भइन्छ भन्ने कुनै निश्चित रहेनछ । डाक्टरले नै प्यारालाइसिस र क्यान्सरको सम्भावना हुन्छ भनेपछि गोली निकाल्न नमानेको रामले बताउनुभयो । माओवादी केन्द्रका जिल्ला नेता उहाँहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपनि पनि आफूहरूको उपचारमा सहयोग नभएको गुनासो गर्नुहुन्छ । 

शान्ति स्थापना भएको एक दशक बितिसक्दासमेत सरकारबाट राहत र क्षतिपूर्ति केही नपाएको उहाँहरूको दुःखेसो छ । आफूहरूले अब केही गर्न नसके पनि सरकारले द्वन्द्वपीडित र घाइतेहरूका बालबच्चाको उचित शिक्षादीक्षा, रोजगारीको अवस्था सिर्जना गर्न सकेमा द्वन्द्वमा लागेको घाउमा मलमपट्टी हुने रामले बताउनुभयो । 

सशस्त्र द्वन्द्वका क्रममा इलाममा १९७ जनाको मृत्यु, २९ जना अङ्गभङ्ग भएका, ५८१ जना विस्थापित, ४० वटा गाविस भवनसहित ७८ वटा भौतिक संरचना क्षति, ४३४ जना बालबालिका प्रभावित भएको मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग नेपालले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ