२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वी राजमार्गका उच्च दुर्घटनाग्रस्त क्षेत्रका ३८ स्थानको पहिचान गरियो

१७ भाद्र २०७३, शुक्रबार ०८:२६


भदौ १७, चितवन । दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । 

अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा समेत एउटा ट्रक त्रिशूली नदीमा खसेपछि यहाँको सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको हो । 

जिल्ला ट्रफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नारायणगढ–मुग्लिन सडक आयोजनाको संयुक्त अनुगमनपछि यसरी दुर्घटना जोखिम क्षेत्रको पहिचान गरिएको हो । 

झन्डै ५० किमी रहेको सो क्षेत्रमा ३८ स्थानमा दुर्घटनाको उच्च जोखिम क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्र्रमुख राजन भेटवालले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सङ्केत, आवश्यक भौतिक निर्माणलगायतका काम गरेर सुरक्षित क्षेत्र बनाउन आग्रह गरिएको छ । 

चितवनको जुगेडीदेखि मुग्लिनसम्म २५ किमी क्षेत्रको ३२ स्थानमा र मुग्लिनदेखि मौवाखोलासम्मको झन्डै २० किमी क्षेत्रका छ स्थानमा दुर्घटना क्षेत्र पहिचान गरिएको छ । 

मुख्यगरी नारायणगढ–मुग्लिन क्षेत्रमा पर्ने गाईघाट, घुमाउने, कालीखोला, चार किलो हाइट, पाँच किलो, भालुपहाड घुम्ती, भोर्ले पुल, जलविरेलगायतक क्षेत्र बढी जोखिममा रहेको भेटवालले बताए । 

यस्तै मुग्लिन उता मौवाखोलासम्म नाग्दीपुल, मुग्लिन मोड, रमाइलो डाँडा, कुरिनटार, डाहकी पुल, फिस्लिङ क्षेत्र दुर्घटनाको जाखिममा छ । सो जोखिम क्षेत्रमा सडक साँघुरो, निर्माणाधीन अवस्था, ग्याविङ वाल भएको, सिमेन्ट प्याराफिट, मेटल क्रस बेरिएर जीर्ण भएको, ट्रफिक सङ्केतसमेत नभएको पाइएको प्रहरीले जनाएको छ । 

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले सडक अध्ययन तथा अवलोकनपछि उहाँकै निर्देशनमा यसरी दुर्घटनाग्रस्त क्षेत्रको पहिचान भएको हो । 

पहिचान भएका सबै क्षेत्रमा दुर्घटना न्यूनीकरणका उपाए अपनाउन थालिएको र सडक जाँचलाई कडाइ पारेको प्रहरीले जनाएको छ । चितवनका प्रजिअ विनोदप्रकाश सिंहले सडक सुरक्षाका विषयमा कुनै कसर बाँकी नराखी काम गर्न प्रहरीलाई निर्देशन  दिएका छन् । उनले स्थानीय प्रशासनको समेत सडक सुरक्षामा गम्भीर रुपमा ध्यान पुगेको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव