भदौ १७, धनगढी । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, धनगढी । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्क्रब टाइफस’बाट सोह्रजना सङ्क्रमित

२०७३, १७ भाद्र शुक्रबार ०९:५४

भदौ १७, धनगढी । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद बिरामीको जाँचका लागि रगतको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएकोमा १६ जना सङ्क्रमित भएको तथ्य पत्ता लागेको जनाएको छ । 

सङ्क्रमितमध्ये कैलाली जिल्लाका दशजना छन् । अन्य सङ्क्रमितहरु कञ्चनपुर, डोटी, बझाङ्गलगायत जिल्लाका रहेको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो । 

मुसामा लाग्ने एक प्रकारको किर्ना नामको किराको टोकाइबाट सङ्क्रमण भई यो रोग लाग्ने गर्दछ । रोग लागेमा धेरै ज्वरो आउने, टाउको दुख्ने, किर्नाले टोकेको शरीरको भागमा रातो डाबर जस्तो दाग देखिने, विविरा देखिने, पसिना धेरै आउने, आँखा रातो हुने जस्ता लक्ष्ण देखिन्छ र्। समयमै यसको उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्ने बताइएको छ । 

यो रोगको परीक्षण गर्ने ‘किट‘ यस क्षेत्रमा नहुँदा शङ्कास्पद बिरामीको रगतको नमुना सङ्कलन गरी जाँचका लागि केन्द्रीय प्रयोगशालामा पठाउनुपरेको बताइएको छ । रोगको समयमै उपचार गर्न सकेमा निको हुने हुँदा शङ्का लाग्न साथ उपचारमा आउन सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कुमरले सुझाव दिनुभयो । 

गतवर्ष सुदूरपश्चिमका कैलाली, कञ्चनपुर डोटी, डडेलधुरा, बैतडी र बझाङ्ग जिल्लामा यो रोगबाट ५६ जना सङ्क्रमित भएको थियो । ती मध्ये कैलालीका दुईजना र कञ्चनपुरका एक जना गरी तिन जनाको उपचारका क्रममा मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ । 

रोगको सङ्ख्या बढ्दै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वास्थ्य संस्था मार्फत् यो रोग लाग्ने कारण, लक्षण, उपचारको व्यवस्थालगायतका विषयमा स्थानीय समुदायलाई जानकारी गराउन थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै