भदौ १७, धनगढी । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, धनगढी । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्क्रब टाइफस’बाट सोह्रजना सङ्क्रमित

१७ भाद्र २०७३, शुक्रबार ०९:५४

भदौ १७, धनगढी । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद बिरामीको जाँचका लागि रगतको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएकोमा १६ जना सङ्क्रमित भएको तथ्य पत्ता लागेको जनाएको छ । 

सङ्क्रमितमध्ये कैलाली जिल्लाका दशजना छन् । अन्य सङ्क्रमितहरु कञ्चनपुर, डोटी, बझाङ्गलगायत जिल्लाका रहेको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो । 

मुसामा लाग्ने एक प्रकारको किर्ना नामको किराको टोकाइबाट सङ्क्रमण भई यो रोग लाग्ने गर्दछ । रोग लागेमा धेरै ज्वरो आउने, टाउको दुख्ने, किर्नाले टोकेको शरीरको भागमा रातो डाबर जस्तो दाग देखिने, विविरा देखिने, पसिना धेरै आउने, आँखा रातो हुने जस्ता लक्ष्ण देखिन्छ र्। समयमै यसको उपचार नपाएमा बिरामीको मृत्यु समेत हुनसक्ने बताइएको छ । 

यो रोगको परीक्षण गर्ने ‘किट‘ यस क्षेत्रमा नहुँदा शङ्कास्पद बिरामीको रगतको नमुना सङ्कलन गरी जाँचका लागि केन्द्रीय प्रयोगशालामा पठाउनुपरेको बताइएको छ । रोगको समयमै उपचार गर्न सकेमा निको हुने हुँदा शङ्का लाग्न साथ उपचारमा आउन सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कुमरले सुझाव दिनुभयो । 

गतवर्ष सुदूरपश्चिमका कैलाली, कञ्चनपुर डोटी, डडेलधुरा, बैतडी र बझाङ्ग जिल्लामा यो रोगबाट ५६ जना सङ्क्रमित भएको थियो । ती मध्ये कैलालीका दुईजना र कञ्चनपुरका एक जना गरी तिन जनाको उपचारका क्रममा मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ । 

रोगको सङ्ख्या बढ्दै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वास्थ्य संस्था मार्फत् यो रोग लाग्ने कारण, लक्षण, उपचारको व्यवस्थालगायतका विषयमा स्थानीय समुदायलाई जानकारी गराउन थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव