२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई पक्राउ

२०७९, २ जेष्ठ सोमबार ११:५१

जेठ २, काठमाडौँ | बालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।

यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायक उपरीक्षक लम्सालले बताए । साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेन कहिले भन्ने चाहिँ टुङ्गो भएको छैन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै