१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा अवैध लागूऔषध सहित चार जना पक्राउ

३ जेष्ठ २०७९, मंगलवार ०६:३५

जेठ २, दाङ | तुलसीपुर उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरी चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जना रहेका छन् । उीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

थप अनुसन्धान गर्दा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका–६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरीद गरी ल्याएको खुलेको थियो । त्यसपछि बाल्मिकीको  कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप असुन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार