जेठ १३, काठमाडौँ | योजनावद्ध तरिकाले व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् । ती व्यक्तिको भिडियो बनाएर पीडितलाई पटक-पटक धम्क्याउँदै रकम माग गरेको आरोप छ ।
पक्राउ परेकाहरु मध्ये आफुलाई कान्छो पत्रकार भनेर चिनाउने सुजन आचार्यले दुई बर्ष अघि पनि हिरा लुटपाट काण्डमा पक्राउ परेका थिए ।
पक्राउ व्यक्तिहरूको विवरण निम्न छ:
१. नाम : सुजन आचार्य
उमेर : २१ बर्ष
ठेगाना : त्रियुगा-१०, उदयपुर हाल का.जि.गोठाटार
२. नाम : टेक वि.क.
उमेर : २९ बर्ष
ठेगाना : सान्नित्रिवेणी-०८, कालिकोट हाल का.जि.बुढानिलकण्ठ
३. नाम : धर्मराज थापा
उमेर : २९ बर्ष
ठेगाना : खप्तडछान्ना-०७, बझाङ हाल का.जि.कोटेश्वर
४. नाम : उमेश भण्डारी
उमेरः ३३ वर्ष
ठेगाना : तेमाल-०२, काभ्रेपलाञ्चोक हाल का.जि.कांडाघारी
५. नाम : बसन्ता खनाल
उमेर : २९ बर्ष
ठेगाना : गुल्मी धुरकोट-०२, हाल : का.जि.रातोपुल
६. नाम : सुरज शर्मा
उमेर : ३२ बर्ष
ठेगाना : भरतपुर-११, चितवन हाल का.जि.सिनामंगल
७. नाम : श्रवण कार्की
उमेर : ३३ बर्ष
ठेगाना : का.म.न.पा.-०९ हाल : का.जि.सिनामंगल