१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

१५ जेष्ठ २०७९, आईतवार ११:३९

जेठ १५, धनगढी | धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक नदीमा डुबेपछि उनलाई बचाउन जाँदा अर्का बालकको पनि मृत्यु भएको हाे ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ विशालनगरका १० बर्षीय अनुप चौधरी र सोही ठाउँका १२ बर्षीय विष्णु गुप्ता मोहना नदीमा नुहाउन गएका थिए । 


सुरुमा १० बर्षीय बालक अनुप चौधरी डुबेका थिए ।

गहिरो खोचमा अनुप डुबेपछि सँगैरहेका विष्णु अनुपलाई बचाउन खोचमा हाम फालेका थिए । तर, साथीलाई बचाउँछु भनेर नदीमा हाम फालेका विष्णु आफै अस्ताए ।

‘प्रत्यक्षदर्शीका अनुसार साथी डुबेको देखेपछि विष्णुले हतारमा तलाउ जस्तो भएको नदीको खोचमा हाम फालेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षाक वेदप्रकाश जोशीले भने, ‘उनी आफै पनि तालबाट उम्कन सकेनन् ।’

नदीमा पौडी खेल्न गएकामध्ये अनुप चौधरी तार जालीमा फसेको पाइएको प्रहरीले जनाएको छ । ‘१० बर्षीय बालक अनुपको खुट्टा तार जालीमा अड्केपछि उनी बाहिर निस्कन नसकेको देखिन्छ,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘बचाउन गएका विष्णु गुप्तालाई अनुपले च्यापेका कारण बाहिर निस्कन नसकेर मृत्यु भएको हुनसक्छ ।’

मृत्यु भएका दुवै बालकलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको थियो । मृतक मध्ये अनुप धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने अशोक चौधरीको छोरा हुन् भने १२ वर्षीय राजेश गुप्ताका विशालनगरकै बिष्णु गुप्ताका छोरा हुन् । उनीहरूको दिउँसो साढे १ बजे उद्धार गरिएको थियो । दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाेष्टमार्टन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक