भदौ १९, खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । 

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । 

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित"/>

१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भपतन गराएकी महिलाको अवस्था गभ्मीर

१९ भाद्र २०७३, आईतवार ११:१२

भदौ १९, खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । 

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित्सकहरुकै सल्लाहमा सोही दिन गर्भपतन गरिएको थियो । शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको अवस्था अहिले गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । 

गर्भपतन गराउने क्रममा चिकित्सक सन्तोष साहको लापरवाहीले श्रीमतीको ज्यान जोखिममा परेको उहाँका पति चन्द्र किरात राईले बताउनुभयो । “हामीले यहाँ हुँदैन भने नगर्दिनुस् भनेका थियौं,” श्रीमतीसँगै अस्पताल आउनुभएका राईले भन्नुभयो, “गर्भपतन गरिसकेपछि तत्काल बाहिर लैजान भन्यो । अहिले ज्यानै खतरामा परेको छ ।” 

आर्थिक अवस्था कमजोर भएकी महिलालाई अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौँ पठाउन आफन्तले खानीडाँडा विमानस्थलसम्म पु¥याएका थिए । मौसममा आएको खराबीका कारण हवार्ईजहाज नआएपछि उनलाई पुनः अस्पताल नै फर्काइएको छ । 

शल्यक्रियापछि निरन्तर रगत बगेर टलकुमारी अस्पतालको शय्यामा छट्पटाई रहनुभएको छ । सात जनाकी आमा टलकुमारीले आँखाभरि आँसु पार्दै भन्नुभयो – “अब म मर्ने नै भएँ । मेरा सात जना छोराछोरी छन् । उनीहरुको बिचल्ली हुनेभयो ।” 

योनीबाट निरन्तर रक्तस्राव हुनुका साथै टलकुमारीको पेट अत्यधिक फुलेर बस्न नमिल्ने भएको छ । उहाँको श्वासप्रश्वासमा पनि समस्या रहेको र शरीरमा रगत सकिएकाले रगत र हावा दिने काम भइरहेको अस्पतालले जनाएको छ । 

यस विषयमा कुरा गर्न खोज्दा शल्यक्रिया गर्ने चिकित्सक साहसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । अस्पतालका प्रमुख चिकित्सक डा. रामबहादुर केसीले टलकुमारीलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजान अनुरोध गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई