२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जार र बोत्तलको पिउने पानीको मूल्य बढ्यो, कति पुग्यो?

२०७९, १९ जेष्ठ बिहीबार ०६:२५

जेठ १९, काठमाडौँ | प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ । यस अघि वणिज्य विभागले बढाएर मूल्य तोक्न दिएको अनुमति घटाएरै नयाँ मूल्य तोकेको एशोसिएसनका अध्यक्ष दुर्गा गौतमले दाबी गरे ।


संसदीय समितिको अनुगमन, निरीक्षण एवं बजारको मूल्य वृद्धिका आधारमा नयाँ मूल्य तोकेको उनको भनाइ छ । नयाँ मूल्य तुलनात्मक रुपमा पहिले तोकेको भन्दा सस्तो बनाइएको गौतमको दाबी छ । ‘महँगी र बिचौलियका कारण उपभोक्तालाई पानी महँगो भएपछि बिचौलिय मूल्य समायोजन गरिएको हो,’ एशोसिएसनका अध्यक्ष गौतमले भने ‘अहिलेको नयाँ मूल्य संसदीय समितिको अनुगमनपछि उपभोक्तालाई राहात दिने गरी तोकेका हौं ।’

२०७६ सालमा वाणिज्य विभागकै सहमतिमा तोकिएको नयाँ मूल्य विवादमा परेपछि रोकिएको र अहिले संसदीय समितिले अनुमति दिएपछि मूल्य समायोजन गरिएको एशोसिएसनको दाबी छ । विभागले २० लिटरको जारको पानीको मूल्य ५० रुपैयाँ र बोत्तल बन्द एक लिटरको पानीको मूल्य १६ रुपैयाँ तोकेको थियो ।

बजारमा पानी उद्योगको प्रतिस्पर्धाका कारण सस्तोमा पानी बिक्री वितरण भइरहेको बेला विभागले बजार मूल्य भन्दा बढी मूल्य निर्धारण गरिदिए पछि पानीको मूल्य विवादमा परेको थियो । संसदको उपभोक्ता हित समितिले उपसमिति नै बनाएर मूल्य वृद्धिबारे अनुगमन गरेको थियो ।

यता वाणिज्य विभागले भने मूल्य वृद्धिबारे औपचारिक कुनै जानकारी नभएको बताएको छ ।

अनौपचारिक ढंगबाट पानीको मूल्य बढाएर पत्रकार सम्मेलन गरेको भन्ने सुनिए पनि औपचारिक कुनै जानकारी विभागमा नआएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । ‘कुन प्रकारका पानी, कस्तो मूल्य हो ? पानीको गुणस्तरबारे खाद्यको निर्देशिका कार्यन्वयन भएको नभएको कुनै जानकारी छैन्,’ महानिर्देशक शर्माले भने, ‘हामी औपचारिक जानकारी आएपछि थप अनुसन्धान थाल्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन