२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ नियमको विरोधमा यति एयरलाइन्सद्वारा आजका सबै उडान रद्द

२०७९, १९ जेष्ठ बिहीबार ०७:५१

जेठ १९, काठमाडौँ | हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आजका सबै उडान रद्द गरेको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो ।

‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो पनि काठमाडौंबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो ।


मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सदर्शन बर्तौलाले बताए । ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रष्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उनले भने । पाइलटहरुले मौसम सफा रहेको भने पनि उडानमा समस्या आएको उनको भनाइ छ ।

सरोकारवाला निकायबीच आवश्यक समन्वयबिना नै यस्तो निर्णय गर्दा समस्या परेको उनले बताए । उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन