भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीले भत्काएको पानी तार्ने पुल निर्माण

२०७३, २० भाद्र सोमबार ०६:४६

भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल भत्ँिकदा शुक्लागण्डकी नगरपालिका–१३ र १६ का करिब २०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुन सकेको थिएन । उक्त सुरौदी गणपतिटार सिँचाइ उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको संयुक्त प्रयासमा एक महिनाको अवधिमा अवरुद्ध नहरमा पानी सञ्चालन गर्न सकिएको हो । 

उक्त खोलामा २०५२ सालमा निर्माण गरिएको करिब ३८ मिटर लामो उक्त ढलानको डुढको बीच भाग बाढीले करिब २० मिटर पुल भत्काएपछि अस्थायी रूपमा पानी तार्ने काम भएको छ । उक्त क्षेत्रमा एक फिट गोलाइका २५÷२५ मिटरका दुई सेट पोलिथिन पाइप राखी करिब पाँच लाख रुपैयाँको लागतमा नहरमा पानी सञ्चालन गरिएको सुरौदी गणपतिटार सिँचाइ उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद सिग्देलले जानकारी दिनुभयो । 

उक्त नहरबाट शुक्लागण्डकी नगरपालिका–१६ अन्तर्गत पर्ने शीतल बस्तीका ३५ हेक्टर र सोही नगरपालिका–१३ मा पर्ने गणपतिमा ३५ हेक्टर तथा लालीममा १३० हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको अध्यक्ष सिग्देलले बताउनुभयो । 

उक्त क्षेत्रमा सिँचाइ नहँुदा करिब रु ५४ लाख बराबरको धान उत्पादन घट्ने अनुमान गरिए पनि अहिले नहरमा पानी सञ्चालन भएपछि उत्पादन बढ्ने लक्ष्य राखिएको सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख हरिदत्त पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु