भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीले भत्काएको पानी तार्ने पुल निर्माण

२० भाद्र २०७३, सोमबार ०६:४६

भदौ २०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ । 

गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल भत्ँिकदा शुक्लागण्डकी नगरपालिका–१३ र १६ का करिब २०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुन सकेको थिएन । उक्त सुरौदी गणपतिटार सिँचाइ उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको संयुक्त प्रयासमा एक महिनाको अवधिमा अवरुद्ध नहरमा पानी सञ्चालन गर्न सकिएको हो । 

उक्त खोलामा २०५२ सालमा निर्माण गरिएको करिब ३८ मिटर लामो उक्त ढलानको डुढको बीच भाग बाढीले करिब २० मिटर पुल भत्काएपछि अस्थायी रूपमा पानी तार्ने काम भएको छ । उक्त क्षेत्रमा एक फिट गोलाइका २५÷२५ मिटरका दुई सेट पोलिथिन पाइप राखी करिब पाँच लाख रुपैयाँको लागतमा नहरमा पानी सञ्चालन गरिएको सुरौदी गणपतिटार सिँचाइ उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद सिग्देलले जानकारी दिनुभयो । 

उक्त नहरबाट शुक्लागण्डकी नगरपालिका–१६ अन्तर्गत पर्ने शीतल बस्तीका ३५ हेक्टर र सोही नगरपालिका–१३ मा पर्ने गणपतिमा ३५ हेक्टर तथा लालीममा १३० हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको अध्यक्ष सिग्देलले बताउनुभयो । 

उक्त क्षेत्रमा सिँचाइ नहँुदा करिब रु ५४ लाख बराबरको धान उत्पादन घट्ने अनुमान गरिए पनि अहिले नहरमा पानी सञ्चालन भएपछि उत्पादन बढ्ने लक्ष्य राखिएको सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख हरिदत्त पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव