2026-09-30 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र लेखक हाजिरी जमानतमा रिहा हुने

काठमाडौँ | पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानतमा रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले ओली र लेखकलाई रिहाइ गर्न लागेको हो। सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई रिहा गर्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

भदौ २३/२४ गते जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले तेस्रो पटक म्याद थपेको थियो। पक्राउ पछि ओली उपचारका लागि अस्पतालमा र लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा राखेको थियो।

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले चैत्र २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा भए हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको सोही आदेशअनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको म्याद बुधबार सकिएको हो।

म्याद सकिएसँगै प्रहरीले दुवैजनालाई हिरासत मुक्त गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली