१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु

२३ जेष्ठ २०७९, सोमबार ०८:१०

जेठ २३, काठमाडौं | सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । 

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । 

पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो । 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडा बस्ने १९ वर्षीय ठाकुर मगरको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । 

मलेखुबाट ताल्तितर्फ बालुवा लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख२११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारबाट करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको हो । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ जब्दी बस्ने ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर आइतबार राति मृत्यु भएको  छ । 

आफ्नै घर अगाडि कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक