२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

२०७९, २४ जेष्ठ मंगलवार ०८:२२

जेठ २४, काठमाडौँ | काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । 


स्थानीय श्रीहरि ढकालले दिएको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । यसक्रममा प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । ‘घर–घरभित्र छिरेर प्रहरीले महिलालाई समेत पक्राउ गरेका छन्,’ उनले भने ।

उनले स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताए । आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान दोहोर्याए ।

‘केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आएर अब प्रहरी लगाएर फोहोर फाल्न लगाउँदैनौँ भनेर प्रतिबद्धता जनाउनु भएको थियो,’ उनले भने, ‘हामी वहाँलाई सहयोग नै गर्ने पक्षमा थियौँ । तर वहाँको प्रतिबद्धता एक हप्ता पनि टिकेन । उता मन्त्री रामकुमारी झाँक्रीले पनि आफू निकट मानिसहरूलाई मात्र राखेर सहमति गर्नुभयो । त्यो हामीलाई मान्य छैन । यस्तै हो भने सदाका लागि यहाँ फोहोर फाल्ने बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ