१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

२४ जेष्ठ २०७९, मंगलवार ०८:२२

जेठ २४, काठमाडौँ | काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । 


स्थानीय श्रीहरि ढकालले दिएको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । यसक्रममा प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । ‘घर–घरभित्र छिरेर प्रहरीले महिलालाई समेत पक्राउ गरेका छन्,’ उनले भने ।

उनले स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताए । आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान दोहोर्याए ।

‘केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आएर अब प्रहरी लगाएर फोहोर फाल्न लगाउँदैनौँ भनेर प्रतिबद्धता जनाउनु भएको थियो,’ उनले भने, ‘हामी वहाँलाई सहयोग नै गर्ने पक्षमा थियौँ । तर वहाँको प्रतिबद्धता एक हप्ता पनि टिकेन । उता मन्त्री रामकुमारी झाँक्रीले पनि आफू निकट मानिसहरूलाई मात्र राखेर सहमति गर्नुभयो । त्यो हामीलाई मान्य छैन । यस्तै हो भने सदाका लागि यहाँ फोहोर फाल्ने बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक