१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गाैला प्रत्यारोपण पोखरामै गराउने गण्डकी सरकारको घाेषणा

२४ जेष्ठ २०७९, मंगलवार १०:३५

जेठ २४, पोखरा | गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गाैला प्रत्यारोपण गराउने जनाएको हो ।


यस्तै, प्रदेशभित्रका मिर्गाैला राेगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० सैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेशप्रमुख पृथ्वीमान गुरुङले जानकारी दिए ।  

सरकारले आउँदो वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषणभत्ता उपलब्ध गराउने जनाएको छ । ‘सुत्केरी आमा, पोषिलो खाना’ कार्यक्रममार्फत स्थानीय तहसँगको सहकार्यमा ४५ दिनसम्म विपन्न परिवारका सुत्केरीलाई पोषणभत्ता उपलब्ध गराउने गुरुङले बताए । सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले दुर्गम ठाउँका सुत्केरी र गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पुर्‍याउँदै आएको छ ।

यस्तै, गण्डकी सरकारले बिरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ नि:शुल्क उपलब्ध गराउने भएको छ । नीति तथा कार्यक्रममार्फत बजेटको  व्यवस्था गरेर रगत र रगतजन्य पदार्थको उपलब्धता नि:शुल्क गर्न लागिएको हो । हरेक स्थानीय तहमा लागत साझेदारीमा एम्बुलेन्स उपलब्ध गराउने र सबै विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सचेतना कार्यक्रम सन्चालन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक