२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेता जीवन श्रेष्ठको निधन प्रकरणः दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढ्दो

२६ जेष्ठ २०७९, बिहीबार ०६:३९

जेठ २६, खोटाङ | बाइकको ठक्करबाट राप्रपा नेता जीवन श्रेष्ठको निधन भएपछि खोटाङको दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढेको छ । २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १-०५-००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठमाडाैँमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढेको हो ।

विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने बालबालिकालाई सवारीसाधनको ठक्करबाट जोगाउने सुरक्षा चुनौती थपिएको छ । बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्कनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारीसाधनले जुनसुकै बेला ठक्कर दिने खतरा बढ्दो रहेको अभिभावक एवं जसपाका नेता नविन राईले बताए । 

दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो, त्यसमाथि पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् । ट्राफिक प्रहरीले किराँतचोकमा बसेर सवारी चेक गर्नेगरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने नेता राई बताउँछन् । बजार क्षेत्रमा सवारी साधनको गति कम गर्ने र विद्यार्थीको आवतजावत हुने समयमा सवारी साधन प्रवेशमा कडाइ गर्न सके सवारी दुर्घटना न्युनीकरण गर्न सकिने अभिभावक बताउँछन् । 

हुन त यसअघि दिक्तेलबजारमा भएका सवारी दुर्घटना लगत्तै समय तोकेर बजार क्षेत्रमा मालबाहक तथा यात्रुबाहक सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । तर, बजार क्षेत्रमा सवारी साधन प्रवेशमा गरिएको कडाई दुर्घटनाको मिति पर सरेसँगै फितलो हुँदै गएको हो । १ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भयो । भोलिपल्ट उद्योग वाणिज्य संघको आह्वानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाबिसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधनलाई प्रबेशमा रोक लगाउने निर्णय गर्‍यो । 

ठूला मालबाहक गाडीलाई पूर्णरुपमा बजार प्रवेश निषेध गरिए भने बजारक्षेत्रमा सवारी साधनभित्र गीत बजाउन पनि निषेध गर्ने निर्णय गरिएको थियो । ट्याक्टरले बालकलाई किचेपछि प्रहरीले पनि दिक्तेल बजारमा सवारी साधनलाई प्रवेश गर्न निषेध गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः उल्लंघन हुँदै गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’