१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारको आँपमा विषादी

३१ जेष्ठ २०७९, मंगलवार १०:४०

जेठ ३१, काठमाडौं | बाराको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको छ । बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भई खान योग्य हुने भए पनि बाराको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको हो । 

बाराको कलैया, जीतपुर, सिमरा, निजगढका बजारहरुमा कार्बाइड हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । यो सिजनको सुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका बाराका व्यापारीहरुले दुई सातायता भने पूर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइड हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् । 

व्यापारीहरूले प्रतिकेजी ४०/५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइड प्रयोग गरेर १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारा तरकारी तथा फलफूल व्यवसायीका अनुसार सिजनको सुरुमा बारा र यस आसपासाका बजारहरुमा भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आँपको आयात हुने गरेको बताए । असार पहिलो सातापछि भने तराईका पूर्वी जिल्लामा फलेका आँप बाराको बजारमा आउने गरिएको व्यवसायीकाे भनाइ छ । 

कृषि ज्ञान केन्द्र बाराको अनुसार भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको केन्द्रले जनाएको छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्बाइड विषादी प्रयोग गर्ने गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने सुझावसमेत केन्द्रको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए । 

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यापारीहरुले कार्बाइड विषादी राखेर पकाएका आँप खुलेआम रुपमा बिक्री गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल