१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा आज विमान दुर्घटना र आगलागीको दृश्य देखिनेछ, तर…

१ असार २०७९, बुधबार ०५:२७

असार १, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखिनेछ । वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको देखिनेछ । दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुनेछ । उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन हुनेछन् । विमानस्थल संकटकालीन योजनामा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायहरूको सहभागिता रहनेछ । 

दुर्घटनापछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित हुनेछ । दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध हुनेछ । यसबाट हवाई सेवा लिने सेवाग्राही प्रभावित हुनेछन् । 

तर, सुखद पक्ष यो दुर्घटनामा विमानमा क्षति पुग्ने छैन । जनधनको क्षति हुने छैन । हेर्दा मात्रै दुर्घटनाजस्तो देखिनेछ । त्यसैले यो समय हवाई सेवाका लागि गएका यात्रुका आफन्तहरू डराउनु पर्नेछैन । 

कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज पूर्ण संकटकालीन अवस्थाको अभ्यास गर्नेछ । त्यसैले दुर्घटना र उद्धारको दृश्य बनावटी मात्रै हुनेछ । 

“परिकल्पना गरिएको घटना अनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा काला धुवाँको मुस्लो देखिनेछ । घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिनेछ,” नेपाल नागरिक उड्ययन प्राधिकरणले भनेको छ, “यो अभ्यासको क्रममा स्थानीय समय अनुसार ३ देखि साढे ३ बजेसम्म विमानस्थलका नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन् ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल