१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीमाथि बाघको आक्रमण, अवस्था अज्ञात

२ असार २०७९, बिहीबार ०५:४७

असार २, चितवन | सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए ।

उनको उद्दारका लागि ईलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको उनले बताए । खोजतलासको लागि जंगलभित्र जान हात्ती पनि मगाइएको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस