असार २, डोटी | डोटीमा सेती नदीमाथि बनाइएको काठे पुलबाट खसेर एक किशोरीको मृत्यु भएको छ । आदर्श गाउँपालिका-६ बबिनाका रलु अधिकारीकी १८ वर्षीया छोरी ढुल्लु अधिकारीको आज बिहान मृत्यु भएको हो ।

घरदेखि बैतडीको सिगास गाउँपालिका-७ साङ्डातर्फ रोपाइँका लागि जाँदै गर्दा सेतीमाथि बनाइएको काठको पुलबाट खसेर उनको मृत्यु भएको आदर्श गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिए ।
गत कात्तिकमा बाढीले त्यहाँको झोलुङ्गे पुल बगाएपछि स्थानीयले काठको पुल बनाएका अस्थायीरूपमा काम चलाउँदै आएका थिए ।
हिउँदमा त्यति समस्या नभएपनि अहिले पानीको बहाब बढेपछि जोखिम बढेको स्थानीयले बताएका छन् ।