भदौ २१, काठमाडौँ । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २१, काठमाडौँ । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्क्रब टाइफसवाट ६ जनाको मृत्यु

२१ भाद्र २०७३, मंगलवार १३:१३


भदौ २१, काठमाडौँ । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । 

गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृत्युहुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन् । गत वर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना विरामी परेका थिए भने आठ जनाको मृत्यु भएको थियो । 

मुसाको कानमा बस्ने माइट (एक प्रकारको सुक्ष्म किरा) झारपातमा सर्ने र झारपातको माध्यमबाट मानिसमा सर्ने गर्दछ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरेको व्यक्ति यो रोगवाट सङ्क्रमित हुने महाशाखाका विपद् व्यवस्थापन शाखाका प्रमुख डा गुणनिधि शर्माले बताउनुभयो । 

प्रमुख डा शर्माल भन्नभयो, “कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्य संस्था गएर उपचार गराउनुपर्दछ । यो सामान्य उपचारबाट निको हुने रोग भएपनि उपचारमा ढिलाइ भएमा बिरामीको ज्यानै जान सक्छ” उहाँले भन्नुभयो । 

यो रोगको उपचार गरी जोखिम न्यूनिकरण गर्न सबै स्वास्थ्य चौकीमा औषधि विवरण गरिसकेको महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा भीम आचार्यले डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लाराम फनिकल, सिप्रोफोलाक्सिासिनमध्ये कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गरे बिरामी पूर्णरुपमा निको हुने बताउनुभयो । 

चिकित्सकका अनुसार यो रोगको सङ्क्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । डा शर्माका अनुसार स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि २० दिनमा यसको लक्षण देखिन थाल्दछ । व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ । 

कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुप¥यो भने केही बिछाएर मात्र बस्ने गर्नुपर्छ । 

यो रोगको बारेमा ९० प्रतिशत पहिचान लक्षणकै आधारमा हुने भएकाले बाहिर प्रचार भएजस्तो कीटबिना उपचार नहुने गलत प्रचारप्रसार भइरहेको निर्देशक आचार्यले बताउनुभयो । “स्क्रब टाइफस हो या हैन भन्ने पत्ता लगाउन मात्र कीटको आवश्यकता पर्ने हो”–महाशाखाका निर्देशक डा आचार्यले भन्नुभयो, “यो रोगको ९० प्रतिशतभन्दा बढी पहिचान यसको लक्षणबाट नै हुने भएकाले औषधि चलाउन मिल्छ, कीटकै कारण उपचार रोकिदैन ।” 

गत वर्ष भदौ १३ गते नेपालमा पहिलोपटक स्क्रब टाइफस देखिएको थियो । यो रोग मान्छेबाट मान्छेमा नसर्ने चिकित्सकको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव