भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् । 
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

दर्जनौ सामाग्रीको आविस्कार गरेपछि चर्चित बन्दै छन् स्कूले विद्यार्थी पौडेल

२०७३, २३ भाद्र बिहीबार ०७:०९

भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् । 

जिल्लाको कुश्मा नगरपालिका ४ खुर्कोट घर भई सोही स्थानको श्री हिमालाय उमाविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी अमन पौडेलले दर्जनौ सामाग्रीको आविस्कार गरेका हुन् । उमेरले १४ वर्षका उनी कक्षा ९ का प्रथम विद्यार्थी पनि हुन् । 

कक्षा ४ मा पढ्दै गर्दा आफ्नो बाबुले किनेर ल्याइदिएको रिमोटवाला खेलौना कार खेलाउदा खेलाउदै विग्रेपछि मर्मत गरेका थिए । कालीगण्डकीमा बालुवा निकाल्दै गरेको एक्साभेटर देखेपछि दंग परेका उनले पछि खेलौना एक्साभेटर नै बनाएका थिए । एक्साभेटर बनाउन उनले पास्कलको नियम प्रयोग गरे । एक्साभेटर बनाउनका लागि पौडेलले काठ, प्लाष्टिक, किला, सिरिन्ज, पाइप, ट्युव, पानीको प्रयोग गरेको उनको भनाई छ । 

उनले आविस्कार गरेका सामाग्रीहरुमा एक्साभेटर, रेल, रोबोट, भूकम्प संकेत मेशीन, पानीजहाज, पहाड चढ्ने गाडी, भ्याकुम क्लीनर, न्यूटनको चक्का, घन्टी, गोवर ग्याँस, पंखा,प्रोजेक्टर लगायत छन् । 

यी आविस्कारहरुमा आवश्यकता अनुसार भिन्दाभिन्दै वैज्ञानिक नियमको प्रयोग भएको छ । बालवैज्ञानिक पौडेलले तयार पारेको भूकम्प संकेत मेशीनले सामान्य भूकम्पको धक्का आउदा घन्टी बजाई संकेत दिन्छ । 

यो यन्त्र निर्माणमा फोम, काठ, मोटर, व्याटूीको प्रयोग भएको छ भने यो सोलर पावरबाट पनि चलाउन सकिने उनको दावी छ । आविस्कार गरेका सामाग्रीहरुमा बालवैज्ञानिक पौडेलले घरेलु सामाग्रीहरु धातुको टुक्रा, कीला, तार, प्लाष्टिक बोत्तल, रवर, जाली, काठ, बाँस लगायत प्रयोग गरेका छन् भने अन्य विद्युतीय सामाग्रीहरुको समेत प्रयोग भएको छ । उनले पहिलो पटक आविस्कार गरेको सामाग्री एक्साभेटर हो । 

उनले तयार पारेको रोवोट यन्त्रमा पनि घरेलु सामान जस्तो फोम, काठ, रबर, मोटर व्याटूीको नै प्रयोग भएको छ । बबालवैज्ञानिकको रुपमा आफूलाई चर्चित बनाउदै आएका पौडेलले आफुले आविस्कार गरेका सामाग्रीहरुको विभिन्न संघ, संस्था कार्यालय तथा प्रदर्शनी स्थलहरुमा प्रदर्शनी गरेका छन् भने विभिन्न संघसंस्थाहरुबाट पुरस्कृत र सम्मानित समेत भईसकेका छन् । 

उनले आफ्नो विद्यालयदेखि लिएर विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार, ललितपुर लगायतका स्थानहरुमा आविस्कार गरेका सामाग्रीहरुको प्रदर्शनी गरिसकेका छन् ।

मेधावी विद्यार्थी पौडेलको कार्यलाई सवैले प्रशंसा गरेपनि राज्यस्तरबाट आवश्यक चासो दिने र सहयोग गर्ने काम भने नभएकोमा उनका बाबु आनन्द पौडेलको गुनासो छ । बालवैज्ञानिक पौडेलले पनि भन्छन्-‘सवैको साथ र सहयोग भयो भने मैले मेरो सफल वैज्ञानिक बन्ने सपना पुरा गर्ने र यो देशको नाम राख्ने छु ।’विज्ञान र प्रविधिको यो युगमा पौडेल जस्ता मेधावी विद्यार्थीहरुलाई राज्यले सवैखाले सहयोग र हौसला प्रदान गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित