महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसले भुल्यो विपीकोइरालाका सिद्धान्त: वक्ता

२०७३, २४ भाद्र शुक्रबार ११:१४

महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर्वतमा पनि अन्तरक्रियाको कार्यक्रम गरी मनाइएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा विपी जयन्तीको अबसरपारी संघीयता र स्थानीय निकायको पुर्नसंरचनाका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विपीको सिद्धान्त र आदर्शलाई काँग्रेसले भुलिसकेको बताए ।

 वक्ताहरुले विपीको राष्ट्रबाद , लोकतन्त्र र समाजबादको सिद्धान्तलाई भुलेको बक्ताहरुको दुखेसो थियो । १३ औ महाधिवेशन पछि पार्टी भित्र भएको गुटबन्दीको अन्त्य हुने भनिएता पनि पार्टीभित्र गुट र उपगुट देखिएको भन्दै पार्टीले विपीको विचारलाई लिलाम गरेको समेत आरोप लगाए । पार्टीले विपीको विचारलाई केवल एक दिनको औपचारिक कार्यक्रममा सम्झने र कार्यक्रम स्थलबाट बाहिर निश्किएपछि भुल्ने गरेको बक्ताको दुखेसो थियो । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले पार्टीले विपीको सिद्धान्तलाई आत्मासाथ गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले विपीको सिद्धान्तलाई आधार बनाएर पार्टी अगाडी बढेमा पार्टी धेरै माथि पुग्ने उनको तर्क थियो । शिर्ष नेताहरु विच बेमेलका कारण विपीको सिद्धान्त ओझेलमा परेको भन्दै उनले अब तल्लो तहबाटै पार्टीलाई विपीको सिद्धान्तबाट विचल्लीत हुन नदिनको लागि दबाब दिनुपर्ने समय आएको बताए ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुवास पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी सचिव विश्वप्रकाश प्रसाई, गंगाधर तिवारी, गैसस महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्री, देविप्रसाद विलासी, ओमप्रसाद घायल लगाएतले बोलेका थिए । विसं १९७१ भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व का रुपमा परिचित छन् । जहानिया राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिपी २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध बिपीले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन जीवनभर राजनीतिक सङ्घर्ष गरेका थिए । यसका लागि पटकपटक जेल र निर्वासनमा बस्नुपरेको थियो ।  


    राष्ट्रियता नै खतरामा परेको विश्लेषण गर्दै बिपी यसअघिको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन पञ्चहरूको जोखिम स्वीकार गर्दै उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्किए। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका पक्षमा जीवन समर्पित गरेका बीपी नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहे। साथै उनी अन्तर्रा्ष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता थिए ।  स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्थ्यो । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदी आइन्, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उहाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते