भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा च"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कस्ले सुन्ने ? दृष्टिविहीनका समस्या

२५ भाद्र २०७३, शनिबार १५:१६


भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा चलिरहेको छ । संचालित विद्यालय गत साउन २५ गतेदेखि सन्चालनमा आएको हो ।

उक्त स्रोत विद्यालय सन्चालनमा आएपछि छिमेकी जिल्ला गुल्मी, बाग्लुङ, म्याग्दी र पर्वतका दृष्टिविहिन बालबालिकाले राहत  महशुस गरिएका छन् तर उनीहरुलाई खानपिन लत्ताकपडा आवास साथै विरामी हुँदा भने समस्या हुने गरेको छ ।  बास, गास र कपासको जोहो नहुँदा उनीहरुलाई निकै समस्या भएको स्रोत शिक्षक पुर्णहरि रेग्मीले बताउँछन् । स्रोत कक्षामा अहिले दश दृष्टिविहिन विद्यार्थीलाई नेपाल सरकारवाट प्रति व्यक्ति २५ सयका दरले शैक्षिक व्यवस्थापन गर्न भनी सहयोग प्रदान गरिएता पनि यो प्रर्याप्त भने छैन । जून उनीहरुको शैक्षिक व्यवस्थापन र खानपानको लागि पनि अपुग नै छ ।  राज्यबाट प्राप्त गर्ने २५ सयले शैक्षिक सामाग्री व्यवस्थापन र खानपानको लागि नपुग्ने दृष्टिविहिन  छात्र इन्द्र न्यौपाने बताउँछन् । दृष्टिविहिनको लागि अपाङ्ग उत्थान समितिले एउटा सानो एउटा बास बस्नको लागि  उपलब्ध गराएको छ ।  यो पनि पुग्ने खालको छैन ।

अपाङ्ग उत्थान समितिमा यी दृष्टिविहिनीहरुले सहयोगको याचना गर्दै धेरै ठाउँमा पुगे । तर सुनुवाइ हुन भने सकेको छैन । अपाङ्ग उत्थान समितिका अध्यक्ष गणेश सुवेदीलेपनि आफुसँग आर्थिक स्रोत प्रयाप्त मात्रामा नभएका कारण ठूलो सहयोग गर्न नसकेको बताए । अपाङंगता भएका व्यक्तिको पहिचान गरी उनीहरुको समस्या समाधान गर्नु राज्यको अनि स्थानीय प्रशासनको जिम्मेवारी हो भन्ने नागरिकको बुझाई छ । तर राज्यका निकायले अपाङगता भएका व्यक्तिहरुलाई वेवास्ता गर्दै आइरहेको छ भनी शिक्षक हरिदत्त शर्माले गुनासो गरे । 

जिल्लाका सरकारी कार्यालय पनि अपाङ्गता मैत्री अझै हुन भने सकेका छैनन् जसका    कारण सेवा लिन आउने अपाङ्गता भएका व्यक्तिहरुलाई निकै असहज हुने गरेको छ । अपाङ्मैत्री भवनको लागि जिल्लाका सरकारी कार्यालयहरुले खासै चाँसो देखाएका छैनन् , न त बैक तथा वित्तिय संस्थाहरु पनि सोही अनुरुपका    छन् । अपाङ्गता हुदैमा केही गर्न सकिदैन भन्नु मुर्खता हुने सचेत नागरिकहरुको भनाई छ । तर  बर्तमान समयमा आइपुग्दा पनि सरकार गम्भीर नभएकोले  लक्षित वर्ग समस्यामा परेको अवस्था छ । अपाङ्गता मैत्री बाताबरण बनाउनको लागि सवैले हातेमालो गर्नको लागि जरुरी छ भनी अपाङ्गको क्षेत्रमा काम गर्ने नागरिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का