१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीटजरल्याण्ड उड्न लागेको बेलायती दम्पत्ति काठमाडौं विमानस्थलबाट पक्राउ?

६ भाद्र २०७९, सोमबार ०७:१०

भदौ ६, काठमाडौं | स्वीटजरल्याण्ड जान लागेका बेलायती दम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका छन्। बेलायती दम्पत्तिलाई शनिबार विमानस्थलस्थित अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो। 


पक्राउ पर्नेमा बेलायती नागरिक म्याथु विलियम हर्ले र उनकी पत्नी लाउसा जेन हर्ले छन्। उनीहरुलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।स्रोतका अनुसार १४ वर्षीया एक नेपाली बालिकालाई तस्करी गरेर विदेश लैजान लागेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। ती बालिकालाई स्वीटजरल्याण्ड लैजान लागेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो। तर उनीहरु किन पक्राउ परे भन्नेबारे आधिकारिक रुपमा कुनै निकायले बताउन चाहेको छैन। 

बेलायती दम्पत्तिलाई पक्राउ गरेर अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतले बालिका तस्करी गर्न लागेको अरोपमा पक्राउ गरिएको बताए पनि यसबारे औपचारिक रुपमा कसैले प्रतिक्रिया दिन मानेका छैनन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) भरत बोहराले भने चेकजाँचका क्रममा अध्यागमनका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा बेलायती दम्तत्तिलाई पक्राउ गरिएको बताए। अहिले उनीहरुमाथि अनुसन्धान सुरु गरिएको बोहराको भनाइ छ। 

पक्राउ परेका दुबैजनामाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। 

बालिका तस्करी गर्न लागेको आरोपमा पक्राउ परका हुन्? भन्ने प्रश्नमा एसएसपी बोहराको जवाफ छ, ‘स्कलरसिपमा पढाउन भनेर बालिका लेजान लागिएको भन्ने बुझिएको छ। के–कसरी लैजान लागेको हुन् भन्ने अहिले नै खुलेको छैन।’

धर्मपुत्री बनाएर लैजान अहिले प्रतिबन्ध रहेकाले उनीहरुले स्कलरसिपमा अध्ययन गराउने बहाना बनाएर मानव तस्करी गर्न लागेको भनिएपनि अहिलेसम्म उक्त विषय पुष्टि हुन नसकेको प्रहरी स्रोतको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो