१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउनकै पेन्सन पाउन अझै एक साता कुर्नुपर्ने

८ भाद्र २०७९, बुधबार ११:५९

भदौ ८, काठमाडौं | सरकारले साउन महिनाको निवृत्तिभरण (पेन्सन) अझै खुवाएको छैन । सरकारले तलब वृद्धि गरेका कारण पेन्सन खुवाउन ढिलाइ भएको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले बताए । 

सरकारले कर्मचारीको १५ प्रतिशत तलब बढाएको छ । तर, ढिलोगरी मन्त्रिपरिषद्ले स्वीकृत गर्दा निवृत्तिभरण वितरणमा ढिलाइ भएको उनले बताए । अबको एक हप्ताभित्र पेन्सन वितरण गरिसक्ने कार्यालय प्रमुख खरेलले जानकारी दिए । 

‘मन्त्रिपरिषद् बैठकले ढिलोगरी स्वीकृत गरेको र सोहीअनुसार व्यवस्था गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले न्युज कारखानासँग भने, ‘अबको एक साताभित्र पेन्सन वितरण गरिसक्छौँ ।’ 

साढे दुई लाख जनाले निवृत्तिभरण लिने गरेका र उनीहरुको वृद्धि रकम मिलाउनुपर्ने भएकाले वितरणमा ढिलाइ भएको प्रमुख खरेलको भनाइ छ । 

साउन महिनाकै पेन्सन लिन बाँकी रहेकाले अब साउन र भदौ दुवै महिनाको १५ भित्र वितरण गर्ने कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठले बताए । 

सरकारले बहालवाला कर्मचारीलाई साउन महिनाको तलब खुवाइसकेको छ भने निवृत्तिभरण वितरणमा ढिलाइ गरेको हो । जस कारण निवृत्तिभरण खाँदै खाएका वृद्धवृद्धाहरु दैनिकजसो बैंकमा जाने र आए नआएको सोध्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी