भदौ १०, काठमाडौं | कुमारी आमा भनेर चिनिने निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध आफ्ना निजी तस्वीर सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् ।
![]()
करिश्माले आफ्नो चरित्र हत्या गरेको उनले बताइन् । राजपुत अनसन बसेका बेला करिश्माले आर्थिक रुपमा सहयोग गरेकी थिइन् । तर पछिल्लो समय करिश्माले बलात्कारी आरोप लागेका व्यक्ति र निहारिकाका तस्वीरहरु सार्वजनिक गरेपछि उनीहरु बीच दुरी बढ्यो ।
त्यसैले निहारिकाले करिश्मालाई उनले दिएको रकम फिर्ता गरिदिएकी छन् । निहारिका रकम फिर्ता गर्न गोदावरीस्थित करिश्माको घरमा पुगेकी थिइन् । तर त्यहाँ नभेटेपछि उनी करिश्मा सहभागी भएकी कार्यक्रममा पुगेकी थिइन् । निहारिकाले रकम फिर्ता गर्दा करिश्माले लिन मानेकी थिइनन् । तर निहारिकाले मलाई तपाईंको दया चाहिएको छैन भन्दै फिर्ता गरिदिइन् । करिश्माले पनि मैले दुःख गरेर कमाएको रकम हो, गलत काममा प्रयोग भएन भन्दै स्वीकार गरेकी छन् ।
निहारिका लामो समयदेखि शिवराजले आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै न्यायका लागि लडाई लडिरहेकी छिन् । जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ ।