भदौ १२, काठमाडौं | नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो।
सेवा-सुविधाको वृद्धि गर्नुपर्ने भन्दै उनीहरू निरन्तर आन्दोलनमा उत्रिरहेका छन्। सँगै काम गरेका शिक्षकहरूको तलब बढ्दा आफूहरूको कहिले नबड्ने र अवकाश पछि सेवा सुविधा पनि नपाउने गरेकोमा उनीहरूको गुनासो छ।
पछिल्लो समय कर्मचारीले माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए। गत ९ गते खुलामञ्चमा प्रदर्शनसमेत गरेका थिए।