२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा जीप दुर्घटना हुँदा खोलामा बेपत्ता चालक अझै भेटिएनन्

२०७९, १२ भाद्र आईतवार १२:१२

भदौ १२, रोल्पा | रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै फेला परेका छैनन् ।

रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका छन् ।


शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल माडी खोलामा खसेर दुर्घटना भएको थियो ।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता चालकको खोजी गरेपनि आइतवार बिहानसम्म फेला पार्न सकेको छैन । नेपाली सेनाको बटुक दल गणको टोली शनिबार नै सदरमुकाम लिबाङ फर्किएको र प्रहरीले अहिले पनि खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा जीपका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षका मनोज चन्द घाइते भएका थिए । हाल उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन