भदौ १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाबाट ल्याएको सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । उनलाई आइतबार आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन करिब ५ सय ५० ग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानबाट दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।