२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितुवाको आक्रमणबाट आमाछोरा घाइते

२०७९, १३ भाद्र सोमबार ११:०९

भदौ १३, काठमाडौँ | तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उहाँको ९ वर्षीय छोरा शङ्कर गुरुङ घाइते हुनुभएको हो ।

सव डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोइराला आइतबार राति  साढे १२ बजे घरको पिढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताउनुभयो ।

चितवाको आक्रमणबाट घाइते हुनुभएको आमा दिलमाया र छोरा शङ्करको दमौली अस्पतालमा उपचार भइरहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

घाइते आमाछोरा स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिनुभयो ।

हाल तनहुँमा नरभक्षी चितुवाको निरन्तर आक्रमण गरिहेको छ ।

बन्दीपुर गाउँपालिका–१ मा दुई महिनाको अवधिमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् भने एक बालकको मृत्यु भइसकेको छ ।

बुधबार साँझ मात्रै चितुवाले बन्दीपुर गाउँपालिका–१ को  उपल्लो फाँटमा सुवाश परियारको ३ वर्षीय छोरा शुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । बालकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, गत जेठ १० गते चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षीय छोरा सुप्रिप रिलामी मगर ज्यान गएको थियो ।

यसैगरी, दुई महिना अघि वडा नम्बर १ कै बाघदलेमा बस्ने ३४ वर्षीय हिमलाल गरन्जा मगर घरको पिढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही