भदौ १५, काठमाडौँ | दाङमा तीजको नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ साथै १३ जना घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका -१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको प्रहरीले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।