भदौ १५, काठमाडौँ | प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै काठमाडौं महानगरपालिकाले कर तिर्न निर्देशन दिएको छ ।
समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ । ‘ फन पार्कले ७ वर्षदेखि कर तिरेको छैन,’ महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने,‘ भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएर आएका छौं ।’
पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको महानगरका राजस्व विभाग प्रमुख अधिकारीले बताए ।
