१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धनगरमा किशोर–किशोरी हाम्फालेको घटना : सुसाइड नोट फेला

१७ भाद्र २०७९, शुक्रबार ०५:४८

भदौ १७, काठमाडौँ | बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल हानेका छन् ।’

खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटनास्थलमा पुग्यो । पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले बास्तवमै बाँच्ने उत्प्रेरण गुमाएको छु । र, आफैंलाई मार्ने उत्प्रेरण पाएँ ।’

डायरीमा लेखिएको मिति अनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए । ‘डियर डायरी’ सम्बोध गर्दै सो नोट लेखन शुरु गरिएको छ । नोटमा दिदीले कुटेको र सो कुटाइबाट परीक्षा दिन लागेको बेलासम्म दुःखी भएको कुरा उल्लेख गरिएको छ । आफ्नो सम्बन्धमा बावु आमाले अवरोध गरेको बारे नोटमा उल्लेख गरिएको छ । घटनास्थलमा (घरको ६ तलामा) भेटिएको नोटमा अनिकेतले लेखेका छन्–‘मुटुचाहिँ बाँचिरहेको छ, कारण कृपिता ।’

के गर्ने भन्नेबारे विषय नभएको र जीवनमा सँधै फेल भएको कुरा नोटमा लेखिएको छ । ‘म सँधै फेल हुन्छु’ नोटको अन्तिममा लेखिएको छ–‘योर्स अनिकेत ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ