१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेमा बाजा बजाउन नुवाकोट पुगेका युवकलाई भारत पुर्‍याएर इन्जेक्सन दिएर झिकियो मिर्गौला!

१९ भाद्र २०७९, आईतवार ०८:११

भदौ १९, काठमाडौँ | नुवाकोट छहरेका एक युवकलाई विभिन्न बहानामा भारत पुर्‍याएर मिर्गौला झिकिएको खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पीडितको उजुरीपछि घटनामा संलग्नलाई पक्राउ गरेको थियो। त्यसपछि मृगौला तस्करीको अर्को घटना बाहिर आएको हो।

ब्यूरोको टोलीले साउन २१ गते अभियुक्तहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका ४६ वर्षीय बादरे भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार, ३० वर्षीय सानु भन्ने सुभाष नेपाली रहेका छन्। मुरलीले मिर्गौला दाता खोज्ने र विभिन्न बहानामा एक ठाउँबाट अर्को ठाउँमा मानिसलाई पुर्‍याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै राजुले मुरलीले पठाएको मानिसलाई अर्को मानिस भएको स्थानसम्म पुर्‍याउने गरेका थिए। त्यस्तै राजेशले मिर्गौला दिने व्यक्तिलाई भारतसम्म पुर्‍याउने मानिससँग भेटाएर रकमको व्यवस्था गर्ने गरेका थिए।

गत बैशाखमा पीडित युवकलाई मुरलीले विवाहको लागि बाजा बजाउन भन्दै नुवाकोट बोलाएका थिए। जसको लागि उनले राजेशको मोबाइल नम्बर प्रयोग गरेका थिए। त्यसपछि उनलाई पटकपटक फोन गरेर भारतको म:म पसलमा मासिक ३० हजारको जागिर लगाइदिने भन्दै राजेश र राजुको जिम्मा लगाउँछन्। त्यसपछि नुवाकोटबाट गाडी चढाएर काठमाडौंको सामाखुसी ल्याएर सानुसँग भेट गराउँछन्। त्यही दिन रगत परीक्षण गरेर उनलाई भारत लगिन्छ। दुई जना पुरुषले झापाको काकँडभिट्टा हुँदै भारतको कोलकता रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएको अनुसन्धानमा खुल्छ।

अस्पताल पुगेपछि मिर्गौला दिन इन्कार गरेपछि इन्जेक्सन लगाएर मिर्गौला झिकेको पीडितले प्रहरीमा बयान दिएका छन्। त्यसपछि असार ६ गते पीडितलाई नेपाल ल्याएर छोडिएको थियो। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका चारै जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट