१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पकौडाप्रेमी बेलायतका यी जोडी, जसले बच्चाको नामनै यही राखिदिए

२० भाद्र २०७९, सोमबार १०:३६

भदौ १९, काठमाडौँ | मानिसहरू प्रायः आफ्ना सन्तानलाई सकेसम्म प्यारो र राम्रो अर्थ आउने नाम दिन खोज्छन् । तर बेलायतका एक दम्पतीले आफ्नो बच्चालाई दक्षिण एसियाली खानाको नाम दिएका छन् । आयरल्यान्डको न्यूटाउनअबेमा बस्दै आएका उक्त दम्पतीले शिशुको नाम ‘पकोरा’ राखेका छन् ।  भारतमा पकोरा भनिने यो खानालाई नेपालमा भने पकौडा भनिन्छ । 


भारतीय परिकार पेस गर्दै आएको ‘द क्याप्टन्स टेबल’ नामक न्यूटाउनअबेको चर्चित रेस्टुरेन्टले सामाजिक सञ्जालमा बच्ची र उनको नामसहित फोटो शेयर गरेपछि अहिले भारतीय मिडियामा यसको चर्चा भइरहेको छ । सोही रेस्टुरेन्टमा नियमित आउने शिशुका आमाबुवालाई त्यहाँको पकोरा (पकौडा) एकदम मन पर्थ्यो, यति धेरै की तिनले आफ्नो नवजात शिशुको नाम नै पकोरा राखे ।

रेस्टुरेन्टले फेसबुक र ट्वीटरमा राखेको पकोरा नामक शिशुको फोटो अहिले ब्रिटिस सामाजिक संचालन प्रयोगकर्तामाझ चर्चित भइरहेका भएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरूले उक्त तस्बिर सेयर गर्दै रमाइलो प्रतिक्रिया दिइरहेका छन् । 

एक जना प्रयोगकर्ताले लेखेका छन्,‘मेरो दुई बच्चा छन् । तिनको नाम चिकेन र टिक्का हो । अर्का प्रयोगकर्ताले भने व्यङ्ग्यात्मक रुपमा लेखेका छन् ,‘ म गर्भावस्थामा धेरै केरा र तरबुजा खान्थे । भगवानलाई धन्यवाद मैले मेरो इन्द्रिय प्रयोग गरेँ र मेरा बच्चाहरूको नाम केरा र तरबूज राखिनँ ।’  रेस्टुरेन्टको उक्त ट्वीटलाई हालसम्म २६ हजारभन्दा बढीले लाइक गरेका छन् भने १५०० ले रिट्वीट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट