२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पकौडाप्रेमी बेलायतका यी जोडी, जसले बच्चाको नामनै यही राखिदिए

२०७९, २० भाद्र सोमबार १०:३६

भदौ १९, काठमाडौँ | मानिसहरू प्रायः आफ्ना सन्तानलाई सकेसम्म प्यारो र राम्रो अर्थ आउने नाम दिन खोज्छन् । तर बेलायतका एक दम्पतीले आफ्नो बच्चालाई दक्षिण एसियाली खानाको नाम दिएका छन् । आयरल्यान्डको न्यूटाउनअबेमा बस्दै आएका उक्त दम्पतीले शिशुको नाम ‘पकोरा’ राखेका छन् ।  भारतमा पकोरा भनिने यो खानालाई नेपालमा भने पकौडा भनिन्छ । 


भारतीय परिकार पेस गर्दै आएको ‘द क्याप्टन्स टेबल’ नामक न्यूटाउनअबेको चर्चित रेस्टुरेन्टले सामाजिक सञ्जालमा बच्ची र उनको नामसहित फोटो शेयर गरेपछि अहिले भारतीय मिडियामा यसको चर्चा भइरहेको छ । सोही रेस्टुरेन्टमा नियमित आउने शिशुका आमाबुवालाई त्यहाँको पकोरा (पकौडा) एकदम मन पर्थ्यो, यति धेरै की तिनले आफ्नो नवजात शिशुको नाम नै पकोरा राखे ।

रेस्टुरेन्टले फेसबुक र ट्वीटरमा राखेको पकोरा नामक शिशुको फोटो अहिले ब्रिटिस सामाजिक संचालन प्रयोगकर्तामाझ चर्चित भइरहेका भएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरूले उक्त तस्बिर सेयर गर्दै रमाइलो प्रतिक्रिया दिइरहेका छन् । 

एक जना प्रयोगकर्ताले लेखेका छन्,‘मेरो दुई बच्चा छन् । तिनको नाम चिकेन र टिक्का हो । अर्का प्रयोगकर्ताले भने व्यङ्ग्यात्मक रुपमा लेखेका छन् ,‘ म गर्भावस्थामा धेरै केरा र तरबुजा खान्थे । भगवानलाई धन्यवाद मैले मेरो इन्द्रिय प्रयोग गरेँ र मेरा बच्चाहरूको नाम केरा र तरबूज राखिनँ ।’  रेस्टुरेन्टको उक्त ट्वीटलाई हालसम्म २६ हजारभन्दा बढीले लाइक गरेका छन् भने १५०० ले रिट्वीट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन