भदौ २४, काठमाडौँ | काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षापछि बागमती, मनोहरा, धोबीखोला लगायतका नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्र तथा खोलाकिनारको बाटो यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशााखाले आग्रह गरेको छ ।
यतिबेला माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको थियो । माइतीघर जलमग्न हुँदा सिंहदरबार र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ ।






