१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयमै काम नसक्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा

२७ भाद्र २०७९, सोमबार ०५:३९

भदौ २७, काठमाडौँ | सार्वजनिक निकायले पटकपटक ताकेता गर्दा पनि समयमा निर्माण कार्य सम्पन्न नगर्ने १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा रहेका कम्पनीहरुमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान-रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन्। यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन्।

यी कम्पनीले सडक, सहरी विकासको भवन, दुग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण कालोसूचीमा राखिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरूले ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यीमध्ये अधिकांश कम्पनीहरू सडक निर्माणको क्षेत्रमा संलग्न छन् । यी कम्पनीहरू ६ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट