भदौ २७, सिराहा | सिराहाको लहानमा कक्षा १२ मा पढ्ने विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
लहान नगरपालिका–६ श्रीराम कोलाेनीस्थित होस्टलमा बस्दै आएका जेएम मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर पढ्ने राजन पासवानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लहानले जनाएको छ ।
सप्तरी कल्याणपुर नरपालिका–७ का पासवान विगत १० महिनादेखि होस्टेलमा बस्दै आएका थिए । बेलुका करिब १२ गते सुत्न गएका उनको शव नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।