१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्डमा महिला ‘भ्याम्पायर’को चिहान भेटियो, घाँटीमा राखिएको थियो ठूलो हँसिया

२७ भाद्र २०७९, सोमबार ०८:२४

भदौ २७, काठमाडौँ | पोल्याण्डमा पुरातत्वविदले १७ औँ शताब्दिको चिहान खनिरहेका थिए । यतिबेला उनीहरुले एउटा यस्ते चिहान भेटे जुन देखेर जिल खाए । यसमा एक महिलाको कंकाल थियो । उनको घाँटीको चारैतिर हँसिया लगाइएको थियो । यो राख्नुको उद्देश्य के थियो भने महिलाको मृत्यु भइसकेपछि पनि कथंकदाचित जिउँदो भएर उठ्न खोजिन् भने हँसियाले टाउको काटिएर पुनः मृत्यु होस् वा चोट लागेर उठ्न नसकून्  ।


यसबारे अनुसन्धान गर्ने पुरातत्वविद्को समुहका प्रमुख निकोलस कपरनिकस युनिभर्सिटीका प्राध्यापक डोरिज पोलेन्स्कीले दिएको जानकारी अनुसार उनको अगाडिको दाँत भ्याम्पायरको जस्तै तिखा थिए । त्यसैले पनि उनलाई ‘भ्याम्पायर’ भनिएको थियो ।  साथै, उनले सिल्क टोपी लगाउँथिन् । टोपीको रेशा उनको समाधिस्थलबाट भेटिएका छन् । हँसियालाई यसरी राखिएको थियो कि उनी केही गरी पुनः उठ्थिन् भने उनको टाउको काटिन्थ्यो वा घाँटीमा मज्जाले चोट लाग्थ्यो ।

स्मिथसोनियन म्यागजिनका अनुसार ११ औँ शताब्दिको कुरा हो जब पूर्वी युरोपका मानिसहरु भ्याम्पायरसँग डराउँथे । उनीहरु आफ्ना मृतक आफन्तको चिहानमा भ्याम्पायर विरोधी परम्पराको पालना गर्दथे । सामान राख्थे । पूजा इत्यादि गर्दथे किनभने त्यतिबेला केही मानिसहरुको मान्यता के थियो भने यी भ्याम्पायर मृत्युपछि पनि फर्किएर रगत पिउनका लागि मानिसलाई मार्नेछन् । त्यसैले उनीहरुको घाँटीको चारैतिर हँसिया राख्ने गरिन्थ्यो ।


१७ औँ शताब्दि आउँदा नआउँदै पूरा पोल्याण्डमा भ्याम्पायर ठानिने मानिसलाई गाड्ने बेला घाँटीको चारैतिर हँसिया राख्ने गरिन्थ्यो । यो परम्परा चलिरह्यो । प्राध्यापक डोरिज पोलिन्स्कीले कतिपय अवस्थामा यी हँसिया हात–खुट्टामा पनि राख्ने गरेको जानकारी दिए । शवलाई उल्टो पारेर गाड्ने प्रक्रिया पनि हुन्थे ताकि मुख खोल्दा माटो मात्रै खान सकिन्थ्यो । कि त उनीहरुलाई चिहानभित्र जलाइने गरिन्थ्यो । कतिपटक त भ्याम्पायर भनिनेहरुलाई ढुङ्गाले हानी हानी मारिन्थ्यो र गाडिन्थ्यो ।

यसबाहेक पोल्याण्डमा यस्ता थुप्रै चिहान भेटिएका छन् जसमा भ्याम्पायर विरोधी अन्य तरिका पनि उपयोग गरिएको छ । जुन महिला ‘भ्याम्पायर’ को कंकाल भेटिएको छ त्यसको घाँटी र खुट्टामा हँसिया लगाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट