१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेंगीबाट सबैभन्दा धेरै ललितपुरमा संक्रमित: अहिलेसम्म देशभर ११ हजार संक्रमित, नौ जनाको मृत्यु

२९ भाद्र २०७९, बुधबार ०७:०८

भदौ २९, काठमाडौँ । यस वर्ष नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ सेप्टेम्बर (हिजो)सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । 

महाशाखाका अनुसार डेंगीका कारण नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार ७९३ जना संक्रमित भेटिएका छन् । 


त्यस्तै, काठमाडौंमा दुई हजार ५७९, मकवानपुरमा एक हजार ११२ तथा रुपन्देहीमा ५९४ जनामा संक्रमण देखिएको छ । भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्लामा नौ हजार २२६ जनामा संक्रमण पुष्टि भएको हो । 

महाशाखाका अनुसार यस वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् । डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ । 

त्यस्तै, डेंगी निको हुने विश्वासमा मेवाको पात लगायतका घरेलु औषधिहरु प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट